ए डिभिजन लिगफुटबल

खुमलटारमाथि संकटाको जित, खुमलटार रेलिगेसनको संघारमा

सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब विजयी भएको छ। आइतबार भएको खेलमा संकटाले पुछारको खुमलटारमाथि ३–०को जित निकाल्यो।

संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन दासले गोल गरे। संकटाले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

१६ मिनेटमा निशानको गोलमा संकटाले सुरुआती अग्रता लियो। ३८ मिनेटमा आयुषले अग्रता दोब्बर बनाए । पहिलो हाफ २–०मै सकियो।

७८ मिनेटमा चन्दनले गोल गरेपछि सकंटा ३–०ले विजयी भयो।

यो जितपछि संकटाले रेलिगेसन दबाब केही कम भएको छ भने खुमलटार भने रेलिगेसनको नजिक पुगेको छ। २ चरणको खेल मात्र बाँकी छँदा संकटा ३० अंकसहित ११औं स्थानमा छ भने खुमलटारको २४ अंक छ।

यस्तै, आइतबार नै भएको अर्को खेलमा लिगको मध्यभागमा रहेका न्युरोड टिम एनआरटी  र हिमालयन शेर्पा १–१ गोलको बराबरी खेलेका छन्।

५२औं मिनेटमा दिवस उरावले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । तर, ५५ औं मिनेटमा दिपेश आलेमगरले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए।

हिमालयन शेर्पा ३१ सातौं स्थानमा छ भने ३० अंक जोडेको एनआरटी दसौं स्थानमा छ।