संकटाको अपराजित यात्रा कायमै, सातदोबाटोसँगको बराबरीले उपाधि होडमा धक्का

Read Time:1 Minute

ए डिभिजन लिगको नवप्रवेशी क्लब सातदोटबाटेले संकटा क्लबलाई बराबरीमा रोकेको छ। शुक्रबार दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा सातदोबाटोले उपाधि होडमा रहेको संकटालाई १–१ गोलको बराबरीमा रोकेको हो।

खेलमा अग्रता सातदोबाटोले लियो । २३औं मिनेटमा उसका सुशील राईले गोल गरेका थिए । उनले संकटाका गोलरक्षक राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।

त्यसको ९ मिनेटपछि नै संकटाले बराबरी गोल गर्‍यो । ३२औं मिनेटमा संकटाका लागि जय गुरुङले गोल गरेका थिए । उनले दिपेश आलेमगरको पासमा ३० यार्डबाट उत्कृेष्ट गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलेको दोस्रो हाफमा कुनै गोल नहुँदा खेल १–१ कै बराबरीमा सकिएको थियो ।

लिगमा अपराजित रहेको संकटा १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने सातदोबाटो ९ अंकसहित आठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रिमियर लिग फर्किए ब्राजिलियन स्टार काउटिन्हो
Next post महिला साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव
Close