अन्तर्राष्ट्रिय फुटबलफुटबल

स्पेन नेसन्स लिगको फाइनलमा, उपाधिका लागि क्रोएसियाका लागि खेल्ने

स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा इटालीलाई २–१ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो।

नेदरल्यान्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलमा स्पेनलाई जित दिलाउन जोसेलु र यरेमी पिनोले गोल गरेका थिए भने इटालीका सिरो इम्मोबाइलले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै पिनोले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाए। तर, स्पेनको त्यो अग्रता ८ मिनेट पनि टिक्न सकेन । ११औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीलाई खेलमा फर्काए। उनले पेनाल्टीमा गोल गरेका थिए।

खेल सकिन २ मिनेट बाँकी छँदा सब्टिच्युट खेलाडी जोसेलुले गोल गर्दै स्पेनलाई २–१को अग्रता दिलाए। ८४औं मिनेटमा अल्भारो मोराटाको स्थानम मैदान प्रवेश गरेका जोसेलुले ४ मिनेट पछि नै गोल गरेका थिए । त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।

लगातार दोस्रो पटक फाइनल पुगेको स्पेनले अब उपाधिका लागि क्रोएसियाको सामाना गर्नेछ । सन् २०२१मा स्पेन फ्रान्ससँग पराजित भएको थियो ।

क्रोएसिया नेदलल्यान्ड्सलाई ४–२ले हराउँदै फाइनल पुगेको हो। फाइनल आइतबार राति हुनेछ।