मध्यपुरलाई हराउँदै सरस्वती बी डिभिजन लिगको शीर्ष स्थानमा

Read Time:1 Minute

सरस्वती युथ क्लब सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगअन्तर्गत मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई २–१ले हराउँदै सरस्वती क्लब शीर्ष स्थानमा उक्लिउको हो ।

सरस्वती क्लब लिगको पाँचौं चरणसम्म अपराजित छ । उसले तीन जित र २ बराबरी खेलेको छ। ५ खेलमा उसले ११ अंक जोडेको छ। यता, ५ खेलमा १ मात्र खेल जितेको मध्यपुर भने तालिकाको पुछारमा छ।

सरस्वतीलाई जित दिलाउन सुनम धिमाल र कुमार डोंगले एक–एक गोल गरे भने मध्यपुरका सजिन थापा मगरले गोल गरे ।

खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई अग्रता दिलाए । ५१औं मिनेटमा भने मध्यपुरले सजिन थापा मगरको गोलको मदतमा खेलमा फर्किएको थियो । तर दोस्रो हाफको इन्जुरी टाइममा कुमार डोंगले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१८ साफ महिला च्याम्पियनसिपमा भारतसँग खेल्ने नेपाल
Next post वाट्सन बने दिल्लीको सहायक प्रशिक्षक
Close