पाकिस्तानमा पुनः चम्किए अनिता र सरु, मासा युनाइटेडको लगातार दोस्रो जित

नेपाली स्ट्राइकर द्वय अनिता केसी र सरु लिम्बूले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तान नेशलन वुमन च्याम्पियनसिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानको कराँचीमा जारी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्ने क्रममा मासले शनिबार हाइयर एजुकेशन कमिसनलाई ४–०ले हरायो।

यसअघि पहिलो खेलमा सुरुले १०, अनिताले ६ र गीता रानाले १ गोल गरेपछि मासा युनइटेडले सियालकोट सिटीलाई १९–०ले हराएको थियो।

शनिबार दिउँसो भएको खेलमा मासा युनाइटेडलाई जित दिलाउने क्रममा अनिता केसीले २ गोल गरिन् भने सरु लिम्बूले १ गोल र अनिताले गरेका दुवै गोलमा असिस्ट गरिन् ।

नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएका मासालाई छैटौं मिनेटमा अनिताले गोल गर्दै सुरुआती अग्रता दिलाइन् । अनिताले सरुको पासमा गोल गरेकी थिइन् ।

पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफमा मासाले हाइयर एजुकेशन कमिसन दबाब दिँदै ३ गोल ग¥यो। ५८औं सम्रिनाले गोल गर्दै मासाको अग्रता दोब्बर बनाइन् । मैदानको मध्य भागबाट एक्लै बल अगाडि बढाउँदै प्रहार गरेको बल विपक्षी गोलरक्षकले फुत्काएपछि सम्रिनले गोल गरेकी थिइन् ।

७८औं मिनेटमा सरुकै पासमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि मासाले ३–०को अग्रता लियो। यस्तै ८२औं मिनेटमा सरुले गोल गरेपछि मासाले ४–०को सहज जित निकाल्यो ।

पाकिस्तान नेशलन वुमन च्याम्पियनसिपमा मासा युनाइटेडबाट चार नेपाली राष्ट्रिय खेलाडीहरु एन्जिला तुम्बापो सुब्बा, सरु लिम्बू, अनिता केसी र गीता रानाले खेलिरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.