दुई पटकको अग्रता जोगाउन नसक्दा रोकियो मासा, सरु गरिन् गोल

चार नेपाली राष्ट्रिष्य महिला खेलाडीहरु सम्मिलित मासा युनाइटेड पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा बराबरीमा रोकिएको छ । नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर सरु लिम्बूले गोल गरेको खेलमा २ पटक लिएको अग्रता जेगाउन नसक्दा मासा कराँची युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

यअसघिका तीन खेलमा लतगार जित निकालेको मास चौथो खेलमा बराबरीमा रोकियो । नेपाली राष्ट्रिष्य टिमकी गोलकिपर एन्जिला सुब्बा तुम्बापोबो कप्तानीमा रहेको मासाले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० ले हराएको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसन कमिसनलाई ४–०ले हराएको थियो। उसले तेस्रो खेलमा कराँची महिला फुटबल क्लबमाथि ३५–०को जित निकालेको थियो।

बिहीबार भएको खेलमा ४१औं मिनेटमा अरीबाले गोल गर्दै मासालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–०को अग्रता लिएको मासाले दोस्रो हाफका सुरुवातै गोल खायो । कराँचीकी जुल्फिया नाजिरले ४७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यसपछि ५४औं मिनेटमा सरु लिम्बूले गोल गर्दै मासालाई पुनः अग्रता दिलाइन् । तर, मासको अग्रता धेरैसमय टिक्न सकेन । ५७औं मिनेटमा अलिहा अलद्दिनले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछि कुनै गोल नहुँदा खेल २–२ गोलको बराबरीमा सकियो।

पाकिस्तान महिला च्याम्पियनसिपमा मासाबाट सरु, एन्जिलासँगै स्ट्राइकर अनिता केसी र डिफेन्डर गीता रानाले पनि खेलिरहेका छन् । प्रतियोगिताको ४ खेलसकिँदा अनिता सार्वधिक २४ गोल गर्दा सरुले २१ गरेकी छन् । यस्तै, गीता ३ र एन्जिलाले २ गोल गरेकी छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.