खुमलटार पराजित हुँदा सातदोबाटो ए डिभिजनमा बढुवा

बी डिभजिन लिगलिग अन्तर्गत शनिबार खुमलटार युथ क्लब पराजित हुँदा सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको छ। बी डिभिजन लिगमा अपराजित रहेको सातदोबाटोलाई शीर्ष डिभिजनमा बढुवा हुन ३ अंक आवश्यक थियो, तर उसले आफू नखेली नै तीन अंक प्राप्त ग¥यो खुमटारको हारबाट ।

लिगका दुई खेल बाँकी छन् । बाँकी रहेका दुवै खेलमा पराजित भएपनि सातदोबाटोलाई शीर्ष स्थानमै रहेछ । हेट टु हेडमा खुमटारभन्दा सातदोबाटो अघि छ।

लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ भने दोस्रो स्थानको दोस्रो स्थानको खुमलटारको १० खेलमा २२ अंक रहेको छ। यो पटक ए डिभिजन लिगमा १ मात्र क्लब बढुवा हुने छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटार युथ क्लब श्री भगवती क्लबसँग २–१ ले पराजित भएको थियो। यो हार ए डिभिजनमा बढुवा हुने खुमलटारको समना सपनामै सीमित भयो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.