उपाधि होडमा मनाङलाई सातदोबाटोको धक्का, मछिन्द्रलाई फाइदा

Read Time:2 मिनेट

सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल आजबाट सुरु भयो । पहिलो दिनको दोस्रो खेलमा लिगको सर्वाधिक सफल टिम मनाङ मरस्याङ्दीले नवप्रवेशी सातदोबाटो युथ क्लबको सामना ग¥यो।

जारी लिगका आश्चर्यजनक रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेको सातदोबाटोले मनाङविरुद्ध पनि त्यस्तै प्रदर्शनलाई निरन्तता दियो । उपाधिको प्रबल दाबेदार मनाङविरुद्ध सातदोबाटोले २–०को जित निकाल्यो।

सातदोबाटोसँगको यो हारले मनाङको उपाधि यात्रालाई कठीन मोडका धकेलेको छ। र, उ एक खेल कम खलेको शीर्ष स्थानको मछिन्द्रभन्दा १ अंकले पछि छ। सातदोबोटोको यो जितलाई ‘उपाधि होडमा मनाङलाई सातदोबाटोको ठूलो धक्का’का रुपमा पनि लिन सकिन्छ।

मनाङको यो हारले मछिन्द्रको उपाधि रक्षाको अभियान थप बलियो बनेको छ। मनाङ १९ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मछिन्द्रको २० अंक छ। यता, सातदोबाटोले १२ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ।

बलियो मनाङविरुद्ध सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नांगा र मार्टिन्स अजयीले गोल गरे भने मनाङका ओलावा आफिजले गोल गरेको थिए।

मनाङविरुद्ध सातदोबाटोले पहिलो हाफमा २–०को अग्रता लिएको थियो । मार्टिनले ११औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए। उनले सुदिप गुरुङको पासमा हेडमार्फत गोल गरेका थिए ।

मार्टिन्स अजयीले ३८ औं मिनेटमा गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर बनाए । उनले प्रशान्त अवस्थीको पासमा हेड मार्फत नै गोल गरेका थिए।

ओलावाले हाफिजले ५७ औं मिनेटमा गोल गर्दै मनाङलाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि गोल नहुँदा मनाङ २–१ले स्तब्ध भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लुम्बिनीमाथि एफिएफको ७ विकेटको जित, अपराजित रहँदै सेमिफाइनलमा
Next post राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुबिनाले हङकङमा क्रिकेट खेल्ने
Close