पुलिसलाई हराउँदै सातदोबाटो पाँचौं स्थानमा

Read Time:1 Minute

ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेको सातदोबाटो युथ क्लबले जाइन्ट किलरको छविलाई कायम राख्दै शनिबार लिगको पूर्वविजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

यसअघि दुई पूर्व विजेता थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबलाई हराइसकेको सातदोबाटोले शनिबार पुलिसलाई १–० ले हरायो ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले १९औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

्पुलिसका हेमन्त श्रेष्ठले आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा आकाशले गोल गरे ।

सातदोबाटोले १० खेल खेल्दा ४ खेल जितेको छ । जसमा सातदोबाटोले तीन ठूला क्लब बाहेक एपीएफलाई पराजित गरेको थियो ।

१० खेलबा६ ४ जित र ३ बराबरीबाट १५ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लेको छ । पुलिस भने १० खेलबाट १० अंकसहित दशौँ स्थानमै छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विमल चम्किँदा शीर्ष स्थानमा मछिन्द्रलाई ७ अग्रता
Next post उपाधि होडमा मनाङलाई थ्री स्टारको धक्का, फाइदा मछिन्द्रलाई
Close