ललितपुर डर्बीमा सातदोबाटोको सान, थ्री स्टार पराजित

Read Time:1 Minute

यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब सनसनीपूर्ण प्रदर्शन गरेको छ । पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोकेको सातदोबाटोले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा उपाधि दाबेदार थ्री स्टार क्लबलाई १–०ले स्तब्ध बनायो ।

लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोलाई जित दिलाउन सुदीप गुरुङले निर्णायक गोल गरे । उनले ३० औं मिनेटमा अजयी मार्टिनको पासमा गोल गरेका थिए ।

खेलमा सातदोबाटोले अधिकांश समय थ्री स्टारलाई दबाबमा राखेको थियो। दुवै केही उत्कृष्ट प्रहार गोलकिपरले क्लियर गरेका थिए।

जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । थ्रीस्टारको २ खेलबाट ३ अंक छ । उसले पहिलो खेल च्यासल युथ क्लबलाई हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मलेसियामाथि नेपालको सहज जित, ग्लोबल क्वालिफायर खेल्ने सम्भावना जिवितै
Next post सोनु अन्सारीको शतकमा प्रदेश १को विजयी यात्रा कायमै
Close