सातदोबाटोको नेतृत्वमा पुनः कपिल

सातदोबाटो युथ क्लबको नेतृत्वमा पुनः कपिल रानामगर आएका छन्। शनिबार भएको सातदोबाटो युथ क्लबको सातौं साधारणसभाले अध्यक्षमा पुनः रानामगरलाई चयन गरेको हो।

साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति पनि चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम महर्जन छन् भने द्वितीय उपाध्यक्षमा विनोद राई चयन भएका छन् ।

यस्तै, महासचिवमा सुनिल विष्ट चनयन हुँदा सचिवमा रविन खड्का, सहसचिवमा अशोक राई र कोषाध्यक्षमा राजेन्द्र मानन्धर चयन भए।

यसैगरी कार्यकारी सदस्यमा सिता श्रेष्ठ, शम्भु लामा, सुगतरत्न शाक्य, पारस महर्जन, प्रकाश मानन्धर, रोशन मानन्धर, गोपिकृष्ण नकर्मी, अजय आचार्य, जमुना महर्जन र किशोर महर्जन चयन भएका छन्।

सातदोबाटो युथ क्लब यसै सिजन ए डिभिजन लिगमा बढुवा हो। उ पहिलो पटक ए डिभिजन लिग खेल्ने तयारीमा छ।

Facebook Comments Box