
गिनीमाथि सेनेगलको सानदार जित, अफ्रिका कप अफ नेसन्सको अन्तिम चारमा
गिनीमाथि सानदर जित निकाल्दै सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको अन्तिम क्वाटरफाइनलमा गिनीमाथि ३–१का्े जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान पक्का गरेको हो।
सेनेगलका लागि फामारा डिएधिउ, इस्माइला सार र चोइकोइ कोइयटेले गोल गरेका थिए भने गिनीका बुएला सामले गोल गरेका थिए । खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।
डिएधिउले २८औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो । तर, दोस्रो हाफको सुरुआतमै गिनी गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो। उसका सामले५७औं मिनेटमा गोल गरेका थिए ।
६८औं मिनेटमा सेनेगलले खेलमा पुनः अग्रता लियो । उसका कोउयटेले गोल गरेका थिए । इस्माइला सारले ७९औं मिनेटमा गोल गरेपछि सेनेगेलले ३–१को जित पक्का गर्यो।
सेनेगलले फाइनल प्रवेशका लागि बुर्किना फासोसँग खेल्नेछ । अर्को सेमिफाइनलमा इजिप्ट र आयोजक क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।