
सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा पुगेको छ। मंगलबार राति भएको अन्तिम ८मा स्थान बनाउने क्रममा सेनेगलले ९ खेलाडीमा सीमित केप भार्डमाथि २–०को जित निकाल्यो ।
सेनेगलको जितमा कप्तान साडियो माने र बाम्बा डिन्जीले गोल गरेका गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
बलियो सेनेगलविरुद्ध २६औं मिनेटमै कोप भार्ड १० खेलाडीमा समेटियो । उसका मिडफिल्डर प्याट्रिक आन्ड्राडेले रेडकार्ड पाएका थिए। तर, १० खेलाडीमा समेटिएपनि कोप भार्डले पहिलो हाफ सेनेगललाई गोलरहित बराबरीमा रोकेको थियो ।
५७औं मिनेटमा कोप भार्डे ९ खेलाडीमा समेटिएयो । उसका गोलकिपर भोजिन्हाले रेर्डकार्ड पाएका थिए। त्यसपछि भने खेलमा सेनेगल हावी भएको थियो।
६५औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा डिन्जीले गोल गर्दैै सेनेगललाई अन्तिम ८को यात्रा तय गराए।