सर्बिया र स्कटल्यान्ड युरोकपको छनोटको प्लेअफ फाइलनमा

सर्बिया र स्कटल्यान्ड युरोपको छनोटको प्लेअफ फाइलनमा पुगेका छन् । बिहीबार राति भएको प्लेअफको सी ग्रुपको सेमिफाइनलमा सर्बियाले नर्वेलाई २–१ले हरायो भने स्कटल्यान्डले इजरायललाई पेनाल्टी सुटआउटमा ५–३ले हरायो ।

सर्बिया र स्कटल्यान्डबीचको प्लेअफ फाइलन १२ नोभेम्बरमा हुने छ । दुई बीचको विजेता युरोकपमा छनोट हुने छ । विजेता युरोकपको इंग्ल्यान्ड, क्रोएसिया र चेकरिपब्लिक रहेको समूह डीमा पर्ने छ ।

प्लेअफबाट ४ टिम युरोकपका छनोट हुने छन् । प्लेअफ एमा हंगेरी र आइसल्यान्ड फाइनल पुगेका छन् भने प्लेअफ बीको फाइनलमा नर्दन आयरल्यान्ड र स्लोभाकिया फाइनल पुगेका छन् । यस्तै प्लेअफ डीको फाइनलमा जर्जिया र नर्दन म्यासेडोनिया पुगेका छन् ।

प्लेअफ एको विजेता पोर्चुगल, जर्मनी र फ्रान्ससँगै युरोकपको समूह एफमा पर्ने छ भने प्लेअफ बीको विजेता स्पेन, स्वीडेन र पोल्यान्ड रहेको समूह ईमा पर्ने छ । यस्तै, प्लेअफ डीको विजेताले अस्ट्रिया, युक्रेन र नेदरल्यान्ड्ससँगै समूह डीमा प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP