गनाब्री चम्किँदा बायर्न सात वर्षपछि फाइनलमा

जर्नन जाइन्ट बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति पोर्चुगलको लिस्बनमा भएको खेलमा सर्गी गनाब्रीले उत्कृष्ट प्रदर्शन गरेपछि बायर्न फ्रेन्च क्लब लियोनलाई ३–०ले हराउँदै सात वर्षपछि फाइनलमा पुगेको हो ।

लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बायर्नलाई सहज दिलाउने क्रममा गनाब्रीले २ गोल गरे भने अर्को गोल रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो । बायर्नले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो ।

खेलको सुरुवाती १० मिनेटमा लियोनले उत्कृष्ट प्रदर्शन ग¥यो, तर फिनिसिङमा चुक्यो । उसले १० मिनेछमा ४ निश्चित गोलका अवासर खेर फ्यालेको थियो । १८औं मिनेटमा सर्गी नाब्रीले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । त्यपछि बायर्नले खेलमा दबाब बनायो । पुनः ३३औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्ननको अग्रता दोब्बर बनाए ।

पहिलो हाफम २–०ले पछि परेको लियोन दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥पो । तर, फिनिङ भने उस्तै रह्यो । उसले गोलका राम्रो मुभ बनाउँदा पनि सट प्रहार गर्न भने असफल रह्यो । खेल सकिन दुई मिनेट छँदा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३–० को जित हात पारेको हो ।

सन् २०१३ पछि बार्यन पहिलो पटक फाइनल पुगेको हो । योसँगै बायर्न १३ पटक फाइलन पुगेको पुग्दै एसी मिलानको रेकर्ड बराबरी गरेको छ । च्यामिपयन्स लिगमा सर्वाधिक फाइलन पुग्ने टिम रियल मड्रिड हो, उ १६ पटक फाइलन पुगेको छ ।

यस्तै बायर्नले च्याम्पियन्स लिगमा लागतार सर्वाधिक खेल जित्ने कीर्तिमान पनि बराबरी गरेको छ । यो सिजन लागतार १० खेल जितेको बार्यनले सन् २०१३ मा आफैंले र सन् २०१५ मा रियलले बनाएको रकर्ड बराबरी गरेको हो । यता, लियोन भने दोस्रो पटक पनि बायर्नसँगै पराजित हुँदै फाइलन पुग्न असफल भयो । यसअिघ सन् २००९–१० मा पनि लियोन सेमिफाइलनमा बायर्नसँग ४–०ले पराजित भएको थियो ।

अब बायर्नले उपाधिका लागि फ्रेन्च क्लब पिएसजीको सामना गर्ने छ । पिएसजी जर्मन क्लब आरबी लेपजिगलाई हराउँदै पहिलो पटक फाइलन पुगेको हो । फाइलन अगष्ट २३ अर्थात् आइतबार राति लिस्बनमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP