अगुएरो बार्सिलानामा आबद्ध

इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो स्पेसिन क्लब बार्सिलोनामा आबद्ध भएका छन्। सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएपछि अगुएरो फ्रि ट्रान्सफरमा बार्सिलनामा आबद्ध भएका हुन्।

३२ वर्षीय अगुएरोले बार्सिलोनाले २ वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२३ सम्म बार्सिलोनामा रहने छन् । बार्सिलोनाको अगुएरोका ‘रिलिज क्लज’ १ सय मिलियन युरो तोकेको छ।

अगुएरो १ दशकपछि पुनः स्पेन फर्किएका हुन् । उनी सन् २०११मा एट्लेटिको मड्रिडबाट सिटी गएका थिए । एट्लेटिकोमा उनले ५ सिजन बिताउँदा २३४ खेलमा १०२ गोल गरेका थिए।

अगुएरो सिटीक सबैभन्दा सफल खेलाडी हुन् । सिटीका अलटाइम टप स्कोररसमेत रहेका अगुएरो सिटीबाट ३९८ खेल खेल्दै २६० गोल गरेका छन्। उनले सिटीबाट ३ प्रियिमर लिग ५ प्रिमियर लिग, ६ कारबाओ कप, ३ कम्युनिटी सिल्ड र १ एफए कप गरी १५ उपाधि जितेका छन्।

सिटीबा प्रियिमर लिगमा १८४ गोल गरेका अगुएरो एउटै क्लबबाट प्रिमियर लिगमा सर्वाधिक गोल गर्न खेलाडी पनि हुन् । यो सिजन भने उनले चोटका २० खेल खलेका छन्।

Facebook Comments Box