सिजनको समाप्तिसँगै अगुएरोले सिटी छाड्ने

अर्जेन्टाइन स्ट्राइकर सर्जियो अगुएरोले इंग्लिस क्लब म्यान्चेस्टर सिटी छाड्ने भएका छन्। सिटीका सर्वाधिक गोल स्कोरर ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यसँगै सिटी छाड्ने भएका हुन्।

सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सिटी आएका अगुएरोको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । सिटीले यसअघि नै अगुएरोसँग सम्झौता थप नगर्ने बताइसकेको छ ।

१० सिजन सिटीमा बिताउँदा अगुएरोले ३८४ खेलमा २५७ गोल गरेका छन् । टिम मालिकको गाइडेन्स र खेलाडीहरुको कन्ट्रिबुसनले गर्दा सिटीले अहिले विश्वकै उत्कृष्ट क्लबको स्थान बनाएको अगुएरोले बताएका छन् ।

सन् २०१२ मा सिटीलाई ४४ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अगुएरोले क्युपिआरविरुद्ध इन्जुरी टाइममा गोल गर्दै उपाधि दिलाएका थिए ।

त्यसयता अगुएरोले थप तीन प्रिमियर लिग उपाधि जिते । यस्तै एक एफए कप र पाँच लिग कप समेत जिते। सिटीका अध्यक्ष खालदुन अल मुबारकले पछिल्लो १० वर्ष अगुएरोले सिटीको लागि गरेको योगदान अतुलनिय रहेको बताएका छन्।

३२ वर्षीय अगुएरोलाई भित्र्याउन चेल्सी र बार्सिलोनाले चासो देखाएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.