स्पेनिस लिजेन्ड डिफेन्डर सर्जियो रामोसले फ्रेन्च क्लब पिपएसजी छाड्ने भएका छन्। ३७ वर्षीय रोमासले सामाजिक सञ्जालफर्मात् पिएसजी छाड्ने घोषणा गरेका हुन्।
२ सिजन पिएसजीम बिताएका रामोसले शुक्रबार ट्विटरमा लेखेका थिए– ‘भोलि मेरा लागि स्पेसल दिन हो । भोलिदेखि मैले मेरो जीवनको एउटा खण्डलाई बिदाई गर्दैछु । गुडबाइ पिएसजी !’
रामोसले पिएसजी, फ्यानहरु र पेरिस आफ्नो जीवनको एक अंक भएको पनि बताएका छन्। यो दुई वर्षमा पिएसजीका लागि आफूले हरेक प्रतियोगितामा खेल्न सक्षम भएको र आफूले शतप्रतिशत मैदानमा दिएको बताएका छन्।
रामोसले चाडै खेलाडी जीवनबाट पनि सन्न्यास लिने संकेत गरेका छन्। उनले अब अन्तिम पटक अन्य क्लबको जर्सी लगाउने बताएका छन्। ‘अब मैले नयाँ चुनौतीहरूको सामना गर्नु पर्नेछ। अब अर्को क्लबमा अर्को कलरको जर्सी लगाउनेछु, तर त्यो पहिलो र अन्तिम पटक हुनेछ।’
पिएसजीले आज घरेलु मैदानमा क्लेर्मोट फुटसँग लिगको अन्तिम खेल खेल्दै छ। त्यो नै पिएसजीका लागि रामोसको अन्तिम खेल हुनेछ। रामाेससँगै लियाेनल मेसीकाे पनि याे पिएसजीमा अन्तितम खेल हाे। सम्भवतः मेसीकाे नयाँ गन्तव्य साउदी अरेबिया हुनेछ।
पिएसजीका २ सिजन बिताउँदा उनले ५७ खेल खेल्दै ५ गोल गरेका छन्। रामोसले पिएसजी छाड्ने घोषणा गरेपनि नयाँ क्लबका विषयमा केही खुलाएका छैनन्। ट्रान्सफर मार्केटमा पनि उनको विषयमा कुनै चर्चा छैन।