डेढ दशकपछि रामोसले छाडे रियल

कप्तान सर्जियो रामोसले डेढ दशकपछि रियल मड्रिड छाडेका छन्। १६ वर्ष रियलमा बिताएका रामोसले बुधबारबाट क्लब छाड्का हुन्।

आफ्ना लिजेन्ड डिफेन्डरको बिदाईमा रियलले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्ने छ।

रामोससँगको सम्झैता ३० जूनमा सकिँदै छ। त्यस अगाडी उनी रियलको प्रशिक्षण केन्द्र सियुदाद डेपोर्टिभामा उपस्थित हुने मार्काले जनाएको छ। उनको सम्झैता सकिँदै लाग्दा नविकरणको लागि रियलले कुनै चासो देखाएको छैन।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका रामोसले त्यहाँ १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् भने ४० असिस्ट समेत गरेका छन् ।

रामोसले डिफेन्डरका रुपमा क्लब र राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। रामोसले १६ वर्ष रियलमा बिताउँदा २२ उपाधि जितेका छन् । जसमा ५ ला लिगा र ४ च्याम्पियन्स लिग, ४ स्पेनिस सुपर कप, ३ यूईएफए सुपर कप र क्लब विश्वकप तथा २ कोपा डेल उपािध छन् ।

Facebook Comments Box