रामोसले एल क्लासिको र लिभरपुलविरुद्धको दुवै खेल गुमाउने

स्पेनिस जाइन्टका कप्तान सर्जियो रामोले एल क्लासिको र च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लिभरपुलविरुद्धको दुवै लेग गुमाउने भएका छन् ।

सन् २०२२ को विश्वकपको युरोपियन छनोट अन्तर्गत कोसोभोविरुद्धको खेलका क्रममा घाइते भएपछि रामोसले एल क्लासिको र च्याम्पियन्स लिगको क्वार्टरफाइनलका दुवै लेग गुमाउने भएका हुन्।

कोसोभोविरुद्धको खेलमा ८६औंं मिनेटमा मैदान छिरेका रामोस लगत्तै घाइते भएका थिए । उनको देव्रो खुट्टाको पिँडुलामा चोट बोकेका छन्। भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका रामोस करिब १ महिना मैदान बाहिर रहने बताइएको छ।

लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ७मा रियलको मैदानमा हुनेछ। त्यसको ४ दिनपछि अप्रिल ११मा रियलले घरेलु मैदानमा एल क्लासिको खेल्ने छ। यस्तै च्याम्पियन्स लिगको दोस्रो लेग १५ अप्रिलमा एन्डफिल्डमा हुनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.