रियलका लिजेन्ड डिफेन्डर रामोस पिएसजी जाने पक्का

रियल मड्रिड तथा स्पेनका लिजेन्ड डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पिएसजीमा आबद्ध हुने भएका छन् । १६ वर्ष रियलमा बिताएका रामोसले २ साताअघि मात्र रियल मड्रिड छाडेका थिए ।

पिएसजीसँग औपचारिक सम्झौता नभएपनि रामोसमसँग पिएसजीले मौखिक सहमति गरिसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार केही दिनमै रामोस र पिएसजीबीच औपचारिक सहमति हुने छ।

खेलकुद सम्बन्धि स्पेनिस न्युजपोर्टल डेली मेलले रामासेले पिएसजीसँग २ वर्षको सम्झौता गर्ने सममति गरेको उल्लेख गरेको छ। उसले यो सहमति बिहीबार नै भएको लखेको छ। रामासेले केही दिनमै पिएसजीमा मेडिकल टेस्ट गराउने डेलीमेलले उल्लखे गरेको छ ।

पिएसजीले रामोसलाई फ्रि टान्सफरमा अनुबन्धन गर्न लागेको हो। यसअघि पिएसजीले लिभरपुलका डच मिडफिल्डर जर्जिनियो विज्नालडमलाई पनि फ्रि ट्रान्सफरमै अनुबन्धन गरेको थियो।

जुन ३०मा रियलसँगको रामोसको सम्झौता सकिएको थियो । रामोस रियलमा बस्ने चाहेपनि क्लबले सम्झौता नवीकरणमा चासो देखाएको थिएन्।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका रामोसले त्यहाँ १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् भने ४० असिस्ट समेत गरेका छन् । उनी करिअरमा १ सय बढी गोल गर्न एकमात्र डिफेन्डर हुन्।

रामोसले डिफेन्डरका रुपमा क्लब र राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। रामोसले १६ वर्ष रियलमा बिताउँदा २२ उपाधि जितेका छन्। जसमा ५ ला लिगा र ४ च्याम्पियन्स लिग, ४ स्पेनिस सुपर कप, ३ यूईएफए सुपर कप र क्लब विश्वकप तथा २ कोपा डेल उपाधि छन्।

Facebook Comments Box