रामोसको गोलमा रियल विजयी, शीर्ष स्थानमा अंककको अग्रता

कप्तान सर्जियो रामोसले पुनः एकपटक निर्णायक गोल गरेपछि स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा महत्वपूर्ण जित निकालेको छ । बिहीबार राति भएको खेलमा रामोसले निर्णायक गोल गरेपछि रियलले गोटाफेलाई १–०ले हरायो ।

यो जितसँगै रियल उपाधि यात्रामा एक स्टेप अगाडि बढेको छ । उसले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । रियलको ३३ खेलमा ७४ अंक छ भने बार्सिलोनाको समान खेलमा ७० अंक छ। दुबैले अब लिगमा अझै पाँच खेल खेल्न बाँकी छ। बार्सिलोनाको भन्दा शीर्ष स्थानमा रहेको रियलको उपाधि जित्ने सम्भावना बढि छ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको रियललाई दोस्रो हाफमा भने रोक्न सकेन। खेलको ७८औं मिनेटमा गेटाफेका खेलाडीले डिबक्सभित्र राइट ब्याक ड्यानी कार्भाजललाई फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई १–० गोलको जित दिलाए।

बिहीबार राति नै भएका अन्य खेलमा रियल सोडिसाडले इस्पानियोललाई २–१ले पराजित गर्दा ओसासुनाले एइबारमाथि २–०को जित निकाल्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.