
रियलका कप्तान रामोसलाई कोरोना संक्रमण
स्पेनिस जाइन्ट रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना संक्रमण पुष्टी भएको छ। चोटका लागि मैदान बाहिरै रहेका रामेसलाई च्याम्पियन्स लिगको क्वार्टरफाइलनको लिभरपुलविरुद्धको दोस्रो लेगअघि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी हो।
कोरोना संक्रमण पुष्टी भएपछि रामोस घरमै आइसोलेशनमा बसेनको क्लबले उल्लेख गरेको छ। लिभपुरपुलविरुद्धको क्वार्टरफाइनलको पहिलो लेगको ठीकअघि रियलका फ्रेन्च डिफेन्डर राफेल भरानलाई पनि कोरोना संक्रमण पुष्टी भएको थियो। भरानले लिभरपुलविरुद्धका दुवै खेल गुमाएका छन्।
विश्वकपको युरोपियन छनोट अन्तर्गत कोसोभोविरुद्धको खेलका क्रममा घाइते भएपछि रामोसले एल क्लासिको र च्याम्पियन्स लिगको क्वार्टरफाइनलका दुवै लेग गुमाउने भएका हुन्।
कोसोभोविरुद्धको खेलमा ८६औंं मिनेटमा मैदान छिरेका रामोस लगत्तै घाइते भएका थिए । उनको देव्रो खुट्टाको पिँडुलामा चोट बोकेका छन्। भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका रामोस करिब १ महिना मैदान बाहिर रहने बताइएको छ।
रियलले आज राति एन्डफिल्डमा च्याम्पियन्स लिगको क्वार्टरफाइलनको दोस्रो लेगमा लिभरपुलको सामना गर्दैछ। पहिलो लेगमा रियल ३–१ले विजयी भएको थियो।