सिरि एको तालिका सार्वजनिक, युभेन्ट्सले साम्पडोरियासँग खेल्न

इटालियन सिरि एको नयाँ सिजनको तालिका सर्वाजनिक भएको छ । सिरि एले बुधबार २०२०-०२१को खेल तालिका सर्वाजनिक गरेको छ ।

सिरि एको नयाँ सिजन सेप्टेम्बर २०बाट सुरु हुँने छ । पहिलो दिन १० खेल हुने छन् । जसमा च्याम्यियन युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियाको सामाना गर्ने छ ।

युभेन्ट्सले दोस्रो चरणमा सेप्टेम्बर २७मा रोमाको सामना गर्ने छ। यस्तै युभेन्ट्सले अक्टोबर ४मा नापोली, नोभेम्बर ८मा लाजियो, डिसेम्बर १६मा एट्लान्टा र इटर मिलानसँग जनवरी १७मा खेल्ने छ।

यस्तै, पहिलो दिन नापोली र पार्मा, लाजियो र एट्लान्टा, बोलोग्ना र एसी मिलान तथा वेनेभन्टो र इन्टर मिलान पनि भिड्ने छन् ।

अघिल्लो सिजन युभेन्ट्सले लागतार नवौं पटक सिरि ए उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP