सिरि एमा मिलानका दुवै क्लबले खेले बराबरी

Read Time:1 Minute

इटालियन सिरि एअन्तर्गत शुक्रबार राति भएका खेलमा मिलानका दुवै क्लब एसी र इन्टर मिलान दुवै बराबरीमा रोकिएका छन् । एसी मिलानमा उडिनेससँग १–१ को बराबरीमा रोकिँदा इन्टरलाई जिनोआले गोलरहित बराबरीमा रोक्यो।

घरेलु मैदानमा सान सिरोमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा एसी मिलान अंक बाँड्न बाध्य भयो । २९औं मिनेटमा राफायल लियोको गोलमा मिलानले अग्रता लियो । तर, ६६औं मिनेटमा डेस्टिननी उडोगियोले गोल खेललाई १–१ गोलाको बराबरीमा ल्यायो ।

यसैगरी इन्टर जिनोओसँग गोलरहित बराबरी खेल्न बाध्य भयो । जिनोआको मैदानमा भएको खेलमा पूर्ण रुपमा दबाब बनाए पनि इन्टर गोल गर्न असफल भयो ।

बराबरीसँगै इन्टरले एसी मिलानलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने अवसर गुमायो । उसको २७ खेलमा ५५ अंक छ । जिनोआ १७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यता, एसी मिलानले पनि शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर गुमायो । उडिनेसविरुद्ध जित निकालेको भए उसले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने थियो। मिलान २७ खेलमा ५७ अंकका शीर्ष स्थानमा छ भने उडिनेस २६ अंकसहित १४औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डोनाको गोलमा हारबाट जोगियो थ्री स्टार
Next post आइपिएल नयाँ फर्म्याटमा : लिगमा ७० खेल, प्रत्येक टिमले १४ खेल खेल्ने, ५ टिमसँगमात्रै २ खेल
Close