सिमोन इन्जाघी बने इन्टर मिलनको प्रशिक्षक

सिमोन इजान्घी इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा नियुक्त भएका छन् । एन्टोनियो कोन्टेले छाडेपछि रिक्त रहेको स्थानमा इन्टरले बिहीबार इन्जाघीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

४५ वर्षीय इन्जागीले इन्टससँग २ वर्षको सम्झौता गरेका छन् । यसअघि उनी लाजियो प्रशिक्षक थिए।

लाजियोबाटै प्रशिक्षक करिअर थालको इन्जाघीले त्यहाँ ५ वर्ष बिताएर सिजनको अन्त्यमा क्लब छाडेका थिए। इन्जाघीको प्रशिक्षमा लाजियोले १५१ खेलमा १३४ जित, ४५ बराबरी र ७२ हारको सामाना गरेको थियो ।

प्रशिक्षक कोन्टेले इन्टरलाई ११ वर्षपछि सिरिए च्याम्पियन बनाएलगत्तै क्लब छाडेका छन् । क्लबसँगको सहमतिमै उनले १ वर्ष सम्झौता अवधिबाँकी छँदै राजिनामा दिएका थिए।

Facebook Comments Box