फेरि रोकियो सेभिया, बेटिसले स्पानियोललाई हरायो

स्पेनिस ला लिगामा जुलियन लोपेटेगुइको टिम सेभियाले बराबरी खेलेको छ । ला लिगामा लगातार चौथो बराबरी खेल्ने क्रममा सेभियाले शुक्रबार राति भालाडोलिडसँग १–१ गोलको बराबरी खेल्यो ।

कोरोना भाइरसको महामारीपछि सुरु भएको ला लिगाका ५ खेलमा ४ खेलमा सेभिया बराबरीमा रोकिएको छ । पहिलो खेलमा रियल बेटिसलाई २–०ले हराएयता सेभिया लेभान्तेसँग १–१, बार्सिलोनासँग गोलरहित र भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै सेभियाले तेस्रो स्थानमा उक्लिने अवसर गुमायो । भालाडोलिडविरुद्ध जित निकालेको भए सेभियाले तेस्रो स्थानमा एट्लेटिको मड्रिडसँग १ अंकका अग्रता बनाउने थियो । सेभियाको ३२ खेलमा ५४ अंक छ भने एट्लेटिकोको ३१ खेलमा ५५ अंक छ । समान ६८ अंक जोडेका रियल मड्रिड र बार्सिलोना क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । भालाडोलिड भने ३५ अंकका सथा १४औं स्थानमा छ ।

सेभियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता भालाडोलिडले लियो । २५औं मिनेटमा किकोले गोल गर्दै भालाडोलिडलाई अग्रता दिलाए । पहिलो १–०मै सकियो । निर्धारित समय सकिन ७ मिनट बाँकी छँदा सेभियाले पेनाल्टी पायो, सोही पेनाल्टीमा लुकास ओकाम्पोसले गोल गर्दै सेभियालाई हारबाट जोगाए ।

यसैगरी शुक्रबार राति नै भएको खेलमा रियल बेटिस विययी भयो । उसले आफ्नै मैदानमा स्पानियोललाई १–०ले हरायो । बेटिसको जितमा मार्क बात्राले ४८औं मिनेटमा निर्णायक गोल गरे । ३७ अंकका साथ बेटिस १३औं स्थानमा छ भने स्पानियोल २४ अंकका लिगको पुछारमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.