सेभियासँग हार्‍यो एट्लेटिको, सोसिडाड पनि पराजित

Read Time:2 मिनेट

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड र रियल सोसिडाड पराजित भएका छन्। शनिबार राति भएको खेलमा एट्लेटिको सेभियासँग २–१ ले पराजित हुँदा सोसिडाड भिल्लारियलसँग ३–१ले पराजित भयो।

घरेलु मैदानमा सेभियालाई जित दिलाउन कप्तान इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे भने एट्लेटिकोका फिलिपेले गोल फर्काए।

सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको थियो। राकिटिचले करिम रिकिकको पासमा गोल गरेका थिए। ३३औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । उसका फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए।

खेलको अन्त्यतिर लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को जित दिलाए। उनले जुलेस कोन्डेको पासमा गोल गरेका थिए।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा १० खेलाडीमा समेटिएको रियल सोसिडा भिल्लारियलसँग ३–१ले पराजित भयो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप २ गोल गर्दै भिल्लारियल विजयी भयो।

अलेक्जेन्डर इसाकको गोलमा ३२औं मिनेटमा सोसिडाडले अग्रता लियो। त्यसको दुई मिनटपछि नै भिल्लारियलले बराबरी गोल फर्कायो । उसका जेरार्ड मोरोनाले गोल गरेका थिए। पहिलो बरारबीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतै सोसिडाड १० खेलाडीमा समेटियो । उसका मिकेल ओयासाबेलले ४९औं मिनेटमा रातो कार्ड पाएका थिए । त्यसपछि भने सोसिडाड दबाबमा परेको थियो ।

त्यसपछि ६८औं मिनेटमा मोरेनोले नै गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा सामुयल चुकुएसाले गोल गरेपछि भिल्लारियल ३–१ले विजयी भयो।

जितसँगै सेभिया शीर्ष स्थानको रियल मड्रिडसँगको अंकदुरी घटाएको छ। रियलभन्दा भन्दा ५ अंकले पछि परेको सेभियाको ३७ छ। पराजित एट्लेटिको १७ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ। यस्तै, भिल्लारियल २२ अंकसहित १०औं स्थानमा रहँदा सोसिडाड २९ अंकसहित छैठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इल्चेमाथि बार्सिलोनाको कठीन जित
Next post वुल्फ्सवर्ग माथि बायर्नको जित, डर्टमन्ड पराजित
Close