इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिग

स्पेनिस क्लब सेभियाले छैठौं पटक युरोपा लिग उपाधि जितेको छ । शुक्रबार राति जर्मनीको डोसुलडोफमा भएको फाइनलमा इटालिनय क्बल इन्टर मिलानलाई ३–२ले पराजित गर्दै सेभिया च्याम्पियन्स बनेको हो ।

सेभिया युरोपा लिगको सर्वाधिक सफल टिम हो । उसले लागतार तीनपटक गरी समग्रमा ६ पटक उपाधि जितिसकेको छ । यस्ता, इन्टरले भने ३ पटक युरोपा लिग जितेको छ ।

सेभियालाई छैठौं उपाधि दिलाउने क्रममा डच स्ट्राइकर लुक डे जोङले २ गोल गरे भने अर्को गोल उपहार स्वरुप पायो । यता, इन्टरका रोमेलु लुकाकु र डिएगो गोडिनले गोल गरे ।

खेलको सुरुवातमै इन्टरले अग्रता लियो । पाचौैं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिएगो कार्सोलले लुकाकुलाई डिबक्समा फाउल गरेपछि इन्टरले पेनाल्टी पाएको थियो । १२औं मिनेटमा डे जोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान जेसुस नाभासको लो क्रसमा हेडिङमार्फत गोल गरेका थिए ।

३३औं मिनेटमा डे जोङले नै गोल गर्दै सेभियलाई अग्रता दिलाए । इभर बनेगाको फ्रिकिकमा डे जोङले उत्कृष्ट हेडिङ गोल गरेका थिए । ३५औं मिनेटमा डिएगो गोडिनले फ्रिकिकमै हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो । ७४औं मिनेटमा लुकाकुले आफ्नै पोस्टमा गोल गरेपछि सेभियाले खेलमा ३–२ को अग्रता लियो । बनेगाको फ्रिकिकमा डिएगो कार्लोसले बाइसाइकल किकमा प्रहार गरेको बल लुकाकुले रोक्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसको लगत्तै काउन्टरमा लुकालु खेललाई बराबरीमा ल्याउने अवसर पाएका थिए । तर, वान टु वानमा उनको प्रहार सेभियाका किपरले बचाएका थिए । खेलको अन्त्यतिर एलेक्सि सान्चेको प्रहार डिफेन्डर कुन्डोले गोल क्लियर गरेका थिए । त्यसपछि गोल नहुँदा सेभिया विजयी भयो ।

खेलमा इन्टरले ५३ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले सेभियाको पोस्टमा ९ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । सेभियाले १४ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP