ओकम्पास नायक बन्दा गोलमा सेभिया विजयी

अर्जेन्टिनी खेलाडी लुकास ओकम्पासको निर्णायक गोल मद्दतमा स्पेनिस ला लिगामा सेभिया विजयी भएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा ओकम्पासले गोल गरेपछि सेभियाले एइबारलाई १–०ले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८औं मिनेटमा ओकम्पासले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । उनले कप्तान जेसुस नाभासको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा पाँचौ खेलाडी परिवर्तन भइसकेको अवस्थामा सेभियाका किपर घाइते भएपछि अन्तिम केही मिनेट ओकम्पासले पोस्ट सम्हालेका थिए । उनले पोस्टमा एउटा निश्चित गोल बताएका छन् ।

जितपछि सेभियाले शीर्ष चारमा पकड बनाएको छ र अर्को सिजन च्याम्पियन लिग खेल्ने सम्भावनालाई बलियो बनाउँदै छ । ३४ खेलबाट सेभियाको ६० अंक छ । तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ६२ अंक छ ।

लिगकै अर्को खेलमा रियल सोसिडाडले लेभान्टेसँग ११ को बराबरी खेल्दै अंक बाँडेको छ । शीर्च चारको होडबाट केही पछि रहेको सोसिडाड ५१ अंकसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP