रियललाई पछ्याउँदै सेभिया

Read Time:1 Minute

स्पेनिस ला लिगामा सेभिया विजयी भएको छ। शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेमाथि २–०को जित निकाल्यो ।

यो जितसँगै सेभियाले शीर्ष स्थानको रियल मड्रिडको दुरी ३ अंकमा झारेको छ । २३ खेल खेलेको सेभियाको ५० अंक छ रियलको ५३ अंक छ। यद्यपि रियलले १ खेल कम खेलेको छ।

सेभियालाई जित दिलाउन पापु गोमेज र राफा मिरले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभियाले ७०औं मिनेटमा अग्रता लियो । उसका पापु गोमेजले गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि नै सेभियाले अग्रता दोब्बर बनायो। ७५औं मिनेटमा राफा मिरले एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पुष्पलाल ब्याडमिन्टनलाई लिनिङ्गको साथ
Next post एम्बाप्पेको गोलमा पिएसजीलाई शीर्ष स्थानमा १६ अंकको अग्रता
Close