
१० खेलाडीमा सीमित सेभियासँग रोकियो बार्सिलोना
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएका खेलमा बार्सिलोना १० खेलाडीमा सीमित सेभियासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलमा सभियाका लागि पापु गोमेजले गोल गरेका थिए भने बार्सिालनाका डिफेन्डर रोनाल्ड अरौजोले गोल गरेका थिए । खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।
घरेलु मैदानमा अग्रत पनि सेभियाले नै लियो । ३२औं मिनेटमा पापु गोमेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले इभान राकाटिकको कर्नरमा गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो । उसका डिफेन्डर रोनाल्ड आरौजोले गोल गरेका थिए । उनले उसमान डेम्बेलेको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए।
६४औं मिनेटमा जुलेस कुन्डोले रातो कार्ड पाएप्छि सेभिया १० खेलाडीमा समेटियो। बार्सिलोनाका खेलाडीलाई बलले मुखमा प्रहार गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए। त्यसपछि बार्सिलोनाले खेलमा दबाब बनाए पनि गोल भने गर्न सकेन । अन्तिम समयमा डेम्बेलेका प्रहार पोस्टमा लाग्दा बार्सिलोना अग्रता लिने अवसर गुमायो।
बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहँदा बार्सिलोना २८ अंक जोडेर सातौं स्थानमा छ।