हलान्ड चम्किँदा डर्टमन्ड विजयी

नर्वेजियन स्ट्राइकर अर्लिङ हलान्ड चम्किएपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्ड विजयी भएको छ । हलान्डले २ गोल गरेको खेलमा डर्टमन्डले स्पेनिस क्लब सेभियामाथि ३–२को जित निकाल्यो।

घरेलु मैदानमा अग्रता सेभियाले नै लिएएको थियो । ७औं मिनेटमा सुसोले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । १९औं मिनेटमा महमुद दाहुदले जाडोन सान्चोको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेललार्य बराबरीमा ल्याए ।

त्यसपछि २७ र ४३औं मिनेटमा हलान्डले गोल गरेपछि पहिलो हाफमा डर्टमन्डले ३–१को अग्रता लियो । च्याम्पिन्यस लिगमा १३ खेलमा हलान्डले १७ गोल गरेका छन्। ८४औं मिनेटमा लुक डि योङले गोल गरेपनि सेभियालाई हारबाट जोगाउन भने सकेनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.