बिल्बाओसँगको हारले सेभियाको उपाधि आशा कमजोर

स्पेनिस ला लिगाको उपाधि होडमा रहेको सेभिया सोमबार राति पराजित भएको छ। सोमबार राति एथ्लेटिको बिल्बाओसँग १–०ले पराजित भएसँगै सेभियाको उपाधि आशा केही कमजोर भएको छ।

बिल्बाओविरुद्ध जित निकालेको भए शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ३ अंकले मात्र पछि हुने थियो, तर हारपछि भने उ ६ अंकले पछि रह्याे ।

लिगका ४ खेल मात्र बाँकी रहँदा एट्लेटिकोको ७६ अंक छ भने दोस्रो र तेस्रो स्थानका रियल मड्रिड र बार्सिलोनाको समान ७४ अंक छ । चौथो स्थानको सेभियाको ७० अंक छ।

सेभियालाई घरेलु मैदानमै पराजित गर्न बिल्बाओका इनाकी विलियम्सले निर्णायक गोल गरे। उनले प्रतिस्पर्धात्मक खेलको ९०औं मिनेटमा विलियम्सले गोल गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.