वुल्भ्ससँग हार्दै सेफिल्ड रेलिगेशनमा, नर्विच प्रिमियर लिगमा फर्कियो

सेफिल्ड युनाइटेड इंग्लिस प्रिमियर लिगबाट च्याम्पियनसिपमा घटुवा भएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्ससँग १–० ले पराजित हुँदै सेफिल्ड घटुवा भएको हो।

विलियन जोसेले गरेको गोल नै घरेलु टोली वुल्भ्सलाई जित निकाल्न पर्याप्त बन्यो। उनले ५९औं मिनेटमा गोल गरेका थिए। पराजित भएको सेफिल्ड लिगको ६ खेल खेल्न बाँकी हुँदा १४ अंकसहित पुछारमा छ। वुल्भ्स ३२ खेलबाट ४१ अंकसहित १२औं स्थानमा छ।

यता, नर्विच सिटी इंग्लिस प्रिमिर लिगमा बढुवा भएको छ। च्याम्पियनसिप फुटबल अन्तर्गत शनिबार भएको खेलमा ब्रेन्टफोर्ड र स्वान्सी सिटीले जित्न निकालेपछि नर्विच स्वतः बढुवा भएको हो। नर्विच गएको सिजन घटुवा भएर च्याम्पियनसिपमा पुगेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.