सिमरा गोल्डक : थ्री स्टार फाइलनमा, उपाधिका लागि आर्मीसँग भिड्ने

बाराको सिमरामा जारी १०औं संस्करणको सिमरा गोल्डकप फुटलबमा थ्री स्टार क्लब फाइलनमा प्रवेश गरेको छ ।

बिहीबार सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइलनमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टारले त्रिभुवन आर्मीक क्लबको फाइलन भेट पक्का गरेको हो । आर्मी पहिला सेमिफाइलनमा आयोजक आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै फाइनल पुगेको थियो ।

बलियो थ्री स्टारलाई हिमालयन शेर्पाले ७० मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर, खेलको ७१औँ मिनेटमा थ्री स्टारले अग्रता लियो । उसका विदेशी खेलाडी फोर्डनले विपक्षीको डिफेन्डस र गोलरक्षको गल्तीको फाइदा उठाउँदै टिममलाई अग्रता दिलाएका थिए ।

थ्री स्टारका रञ्जन विष्टले डिबक्सबाहिरबाट एकल प्रयासमा लगेको बल क्लियर गर्न गोलरक्षक किशोर गिरी अगाडि बढे । तर, उनले बल क्लियर गर्न सकेनन् । फोर्डले गोलरक्षक गिरीलाई बिट गरी सहजै गोल गरे ।

हिमलायन र थ्री स्टारबीचको खेल अन्त्यसम्मै प्रतिस्पर्धात्मक बन्यो । खेलको १३औँ मिनेटमा हिमालयनका मानबहादुर तामाङको पासमा विश्वास श्रेष्ठले डिबक्सभित्र पाएको अवसर गुमाए ।
१६औँ मिनेटमा हिमालयनका विश्वासले पुनः डिबक्सको राम्रो स्थानबाट गोल गर्ने मौका गुमाए । उनको प्रहारको थ्री स्टारका गोलरक्षक एलानले पन्च गर्दै बचाउ गरे ।

३५औँ मिनेटमा थ्री स्टारका दिनेश राजवंशीले रञ्जन विष्टको पासमा मौका खेर फाले । यस्तै खेलको ५७औँ मिनेटमा हिमालयनका पूर्ण गुरुङ वान भर्सेस वनमा चुक्दा हिमालयनले अग्रता लिने अवसर गुमाएका थियो ।

खेलपछि हिमालयनका टिम म्यानेजर बृजेन्द्र पुडासैनीले सुरुमै खेलाडी घाइते हुँदा खेलमा तालमेल नमिलेको बताए । पहिलो हाफमा घाइते हुँदै मैदानबाट बाहिरिएका विवेक पौडेलको अनुपस्थिति खेलमा अन्तिमसम्मै खड्किएको उनले बताए । 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शन स्तरअनुसार नभएको बताए । आर्मीविरुद्धको उपाधि भिडन्तमा विशेष रणनीतिका साथ मैदानमा उत्रने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *