कोपा अमेरिका ड्र : मेसी, सुआरेज र सान्चेज समूह चरणमै भिड्ने

बार्सिलोनाका लियोनल मेसी र लुइस सुआरेज र बार्सिलोनकै पूर्वखेलाडी एलेक्सिस सान्चेज कोपा अमेरिकाको समूह चरणमै भिड्ने भएका छन् । बुधबार बिहान कोलम्बियामा भएको ड्रमा मेसीको अर्जेन्टिना, सुआरेजको उरुग्वे र सान्चेजको चिली एउटै समूहमा परेका छन् ।

सार्वजनिक ड्र अनुसार अर्जेन्टिना, उरुग्वे र चिली समूह एमा परेका छन् । यो समूहमा बोलिभिया, पारग्वे र अस्ट्रेलिया पनि छन् । यसैगरी समूह बीमा डिफेन्डिङ च्याम्पियन ब्राजिल, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर र कतार छन् ।

कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० र २ आमन्त्रिण गरी १२ टिम सहभागी हुन्छन् । यसपटक कतार र अस्ट्रेलियाले आमन्त्रित सदस्यका रुपमा कोपा अमेरिका खेल्दै छन् । कतारमा सन् २०१८मा ब्राजिलमा भएको कोपा अमेरिका पनि खेलेको थियो । त्यसबेला जापानले पनि सहभागी थियो ।

कोपाा अमेरिका यस पटक अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्दै छन् । प्रतियोगिता १२ जुनबाट सुरु हुने छ । ब्युनर्स आयर्समा अर्जेन्टिना र चिलीको खेलसँगै कोपा अमेरिका सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *