कोरिया विश्वकपमा छानियो

Read Time:2 Minute

एसियाली राष्ट्र दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २(० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए ।

जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ। पछिल्लो खेलमा युएईलाई १-० ले पराजित गरेको इरान २२ अंकसहित शीर्ष स्थानमा छ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई(दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन्। समूह बीमा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।

मंगलबार जापानले साउदीलाई २० ले हरायो भने अष्ट्रेलियाले ओमानसँग २-२ को बराबरी खेल्दै अंक बाँड्यो। पहिलो हारपछि पनि ८ खेलबाट १९ अंकसहित साउदी समूह बी को शीर्ष स्थानमै छ । १८ अंक जोडेको जापान दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १५ अंकसहित तेस्रो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मार्टिनेजको गोलमा अर्जेन्टिना २९ खेलसम्म अपराजित
Next post एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने
Close