साउथह्याम्पटनसँग रोकियो चेल्सी

लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । शनिबार साँझा भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा अग्रता पनि साउथह्याम्पटनले नै लियो । ३३औं मिनेटमा टाकुमी मिनामिनोले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । जवनरीमा लिभरपुलबाट लोनमा साउथह्याम्पटन आएका कोरियन स्ट्राइकर मिनामिनोको यो क्लबका लागि दोस्रो गोल हो।

पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको चेल्सीले साउथह्याम्पटनमाथि दबाब दियो । ५४औैं मिनेटमा मासन माउन्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । डिबक्समा ड्यानी इंग्सले माउन्टलाई नै लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो।

त्यसपछि कुनै गोल नहुँदा चेल्सी अंक बाँड्न बाध्य भयो । थोमस टुचेलको प्रशिक्षणमा अपराजित चेल्सीको यो दोस्रो बराबरी हो।

यस बराबरीसँगै चेल्सी चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २५ खेलमा ४३ अंक भएको छ । साउथह्याम्पटन ३० अंकसहित १३औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.