रेलिगेसन जोनबाट निस्कियो साउथह्याम्पटन

Read Time:1 Minute

साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिगमा मंगलबार ब्रेन्टफोर्डलाई ४–१ ले हराएर रेलिगेसनबाट जोगिन प्रयासरत रहेको छ । नयाँ लगानीकर्ताका रूपमा सर्बियाली ड्रागन सोलाक भित्रिएपछि साउथह्याम्पटनले यो राम्रो सुरुवात लिएको हो ।

जितपछि साउथह्याम्पटन ११ औं स्थानमा उक्लिएको छ । यो रेलिगेसन क्षेत्रबाट १३ अंक अगाडि हो । योसँगै साउथह्याम्पटनको २३ अंक भएको छ । यस्तोमा एक अर्को सिजन साउथह्याम्पटन माथिल्लो डिभिजनमै रहने निश्चितजस्तै भएको छ ।

एनकेरसेनको गोलले ब्रेन्टफोर्डले अग्रता लिएपछि साउथह्याम्पटनका लागि जान बेडनेरेक बराबरी गोल फर्काए । लगत्तै एल्भारो फर्नान्डेजले आत्मघाती गोल गरे । त्यसपछि आरमान्डो ब्रोजा र चे एडम्सले गोल गरे ।

ब्रेन्टफोर्डले लिगमा घर बाहिरका पछिल्ला ६ खेलमा जित निकाल्न सकेको छैन । यो नतिजापछि क्लब अंक तालिकाको १३ औं स्थानमा पुगेको छ । उसको २३ अंक छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिकन कफ अफ नेसन्स : सलाहको इजिप्ट पराजित र महारेजको अल्जेरिया रोकियो
Next post एल क्लासिको कसको पोल्टामा बार्सा या रियल ?
Close