पेनाल्टी चुकाउँदा पोल्यान्डसँग स्पनेले खेल्यो बराबरी

जारी युरोकपमा स्पेनले लगातार दोस्रो निराशाजनक बराबरी खेलेको छ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन शनिबार राति भएको खेलमा पेनाल्टी चुकाउँदा पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

यो बराबरीपछि स्पेन दबाबमा आएको छ । अब उसलाई नकआउट चरण पुग्ने अन्तिम खेलमा स्लोकाकियालाई हराउँनै पर्ने दबाब आएको छ। स्पेन सन् १९९६ पछि युरोकपमा सुरुआती दुई खेल जित्न नसकेको यो पहिलो पटक हो । यो समूहमा ४ अंक जोडेको स्लोभाकिया

सेभियामा भएको खेलको २५औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा स्पेनले अग्रता कायम राख्यो । तर दोस्रो हाफमा पोल्याण्डले बराबरी गोल फर्कायो । ५४औं मिनेटमा पोलिस कप्तान रोवर्ट लेवान्डोस्कीले कमिल जोविएकको पासमा बराबरी गोल गरे ।

५८औं मिनेटमा स्पेनले पुनस् अग्रता लिने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । पोल्याण्डका जाकुब मेडरले जेरार्ड मवरेनोलाई फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो तर मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

लगातार दोस्रो बराबरीपछि तीन पटकको विजेता स्पेन २ अङ्कसहित समूह इ को तेस्रो स्थानमा छ । पोल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा छ । ४ अङ्क जोडेको स्वीडेन पहिलो र ३ अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ ।

Facebook Comments Box