नेसन्स लिगः स्पेन र जर्मनी विजयी

युईएफए नेसन्स लिगमा स्पेन र स्विट्जरल्यान्ड विजयी भएका छन् । लिग एको समूह ४अन्तर्गत शनिबा राति भएका खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई १–०ले हरायो भने जर्मनीले युक्रेनको चुनौति २–१को पन्छायो ।

शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो । पहिलो हाफको १४औं मिनेटमा मिकेल ओयासवेलले स्पेनका लागि विजयी गोल गरे ।

यसैगरी जर्मनीले युक्रेनलाई उसकै मैदानमा २–१ ले हराएको छ । नेसन्स लिगमा जर्मनीको यो पहिलो जित हो ।

खेलमा अग्रता २० औं मिनेटमा म्याथिस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेट्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा रुस्लान मालिनोवस्कीले गोल गर्दै युक्रेनलाई खेलमा फर्काउने प्रयास गरे, तर त्यसपछि गोल नहुँदा जर्मनी विजयी भयो ।

जितसँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अक जोडेको छ । २ बराबरी र १ जित हात पारेको जर्मनी ५ अंकसहित दोस्रो स्थानमा छ भने ३ अंक जाडेको युुक्रेन तेस्रो स्थानमा छ भने पुछारको स्वीट्जरल्यान्डको १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP