को–को भिड्दै छन् ओलम्पिक फुटबलको सेमिफाइनलमा ?

जापानको टोक्योमा जारी ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार साँझ भएका क्वार्टरफाइनलका ४ खेलमा ब्राजिल, स्पेन, जापन र मेक्सिकोले जित निकालेसँगै ओलम्पिकको पुरुष फुटबलको अन्तिम चारको समीकरण पुरा भएको हो।

पहिलो सेमिफाइनलमा आयोजक जापानले बलियो स्पेनको सामाना गर्ने छ । खेल अगस्त ३मा टोक्योस्थित साइतामामा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा ब्राजिलले मेक्सिकोको सामना गर्ने छ । यो खेल पनि अगस्त ३ मै कासिमामा हुनेछ।

अन्तिम चारमा स्थापन पक्का बनाउने क्रममा डिफेन्डिङ च्याम्पियन ब्राजिलले अफ्रिकन मुलुक इजिप्टलाई १–०ले हरायो भने मेक्सिकोले दक्षिण कोरियामाथि ५–२को सानदार जित निकालेको निकाल्यो।

यस्तै, स्पेनले क्वार्टरफाइनलमा आइभोरी कोस्टको चुनौती अतिरिक्त समयमा ५–२ले पछाउँदा आयोजक जापानले न्यूजिल्यान्डलाई टाइब्रेरकमा ४–२ले हरायो।

Facebook Comments Box