सन् २०३०को विश्वकप आयोजना गर्न स्पने र पोर्चुगलको संयुक्त दाबी

सन् २०३०को फिफा विश्वकप विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन् । यी दुई टिमबीच मड्रिडमा भएको मैत्रीपूर्ण खेलपछि दुवैले विश्वपक आयोजनाका लागि संयुक्त दाबी गरेका हुन्।

सन् २०३०को विश्वकप आयोजनाको संयुक्त दाबीको सम्झौता पत्रमा स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले हस्ताक्षर गरेका छन्। फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

सन् २०३०को विश्वकप आयोजनाका लागि युके र आयरल्यान्ड तथा अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि संयुक्त दाबी गरेका छन्।

त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।

Facebook Comments Box