स्पेनको फराकिलो जित, एम्बाप्पेले जोगाए फ्रान्सलाई

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले वेल्सलाई फराकिलो अन्तरले पराजित गरेको छ भने विश्व विजेता फ्रान्सलाई एम्बाप्ले अन्तिम मिनेटमा गोल गर्दै हारबाट जोगाए ।

बेल्सको प्रिसिपालिटीमा घरेलु मैदानमा भएको खेलमा स्पेन ४–१ ले विजयी भयो । स्पेनलाई जिनत दिलाउन पाको अल्कासेरले दुई तथा सर्जियो रामोस र मार्क बार्टाले १–१ गोल गरे । वेल्सका लागि स्याम भोक्सले सान्तवना गोल फर्काएका थिए ।

स्पेनले ८औं मिनेटमा अल्कासेरको गोलबाट अग्रता लिएको थियो । स्पेनका कप्तान सर्जियो रामोसले १९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको २९ औं मिनेटमा अल्कासेरले व्यक्तिगत दोस्रो गर्दै स्पेनलाई पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए ।

एकपक्षीय खेलको ७४ औं मिनेटमा मार्क बार्टाले गोल गर्दै स्पेनको जित निश्चित गरेका थिए । खेलको अन्त्यतिर वेल्सका स्याम भोक्सले सान्तवना फर्काएका थिए ।

यसैगरी, युवास्टार किलियन एम्बाप्पेले अन्तिम मिनेटमा गोल गर्दैै विश्वविजेता फ्रान्सलाई हारबाट जोगाएका छन् ।
युवा खेलाडी केलियन एमबाप्पेले खेलको अन्तिम समयमा गोल गर्दै विश्व विजेता फ्रान्सलाई हारबाट जोगाए । बिहिबार राति भएको खेलमा विश्वविजेता फ्रान्सले आइसल्यान्डसँग २–२ को बराबरी खेल्यो ।

खेलमा आइसल्यान्ड २–१ ले अघि रहेको अवस्थामा खेलको ९०औं मिनेटमा गोल गर्दै एम्बाप्पेले खेललाई बराबरीमा ल्याएका थिए । एम्बाप्पेले पेल्टानीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

फ्रान्सको गुइनग्याम्पमा भएको खेलमा आइसल्यान्डका लाग विरकिर विजरनासन र कारी आर्नासनले गोल गरेका थिए भने फ्रान्सका किलियन एमबाप्पेले एक मात्र गोल गरे । फ्रान्सले अर्को गोल उपहार स्वरुप पाए थियो । आइसल्यान्डका होलमारले आत्मघाती गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा विरकिरको गोलबाट आइसल्यान्डले अग्रता लिएको थियो । त्यस्तै खेलका ५८ औं मिनेटमा कारीले गोल गर्दै खेलमा अग्रता दोब्बर पारका थिए ।

२–० ले पछि परेको विश्वविजेताविरुद्ध दबाब सिर्जना गरेको आइसल्याण्डले ८६औं मिनेटमा होलमारले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो । त्यसको चार मिनेटपछि एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सम्भावित हारबाट जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP