अन्तर्राष्ट्रिय फुटबलफुटबल

स्पेन महिला विश्वकपको क्वार्टरफाइनलमा

स्पेन अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुमपा आयोजना भइरहेको महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्वीट्जरल्यान्डमाथि ५–१को सानदार जित निकाल्दै स्पेन अन्तिम ८मा पुगेको हो।

स्पेनलाई जित दिलाउन इटाना बोन्मतीले २ तथा अल्बा रेडोन्डो, लाइआ कोडिना र जेनिफर हेर्मोसोले गोल गरिन्। स्वीट्जरल्यान्डका लागि कोडिनाले आत्मघाती गोल गरेकी थिइन्।

बोन्मतीले खेलको पाचौं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाइन्। ११औं मिनेटमा कोडिनाले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१को बराबरीमा आयो। त्यसपछि रेडोन्डोले १७औं मिनेटमा गोल गर्दै खेलमा स्पेनलाई पुन अग्रता दिलाइन्।

त्यसपछि बोन्मती ३६औं र कोडिनाले ४५औं मिनेटमा गोल गरेपछि स्पेनिले पहिलो हाफमा ४–१को अग्रता लियो। त्यसपछि हेर्मोसोले ७०औं मिनेटमा गोल गरेपछि स्पेनल खेल ५–१ले जित्यो।

अब उसले क्वार्टरफाइनलमा नेदरल्यानड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग अगस्ट ११ मा खेल्ने छ।