मैत्रीपूर्ण खेलमा स्पेन, जर्मनी र इंग्ल्यानड विजयी

Read Time:3 Minute

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले अल्बानियामाथि संघर्षपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा स्पेनले अल्बानियालाई २–१ ले हरायो ।

स्पेनलाई जिताउन फेरान टोरेस र डानी ओल्मोले गोल गरे भनेअल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

८५ औं मिनेटमा उजुनीले गोल गरेपछि खेल १–१ को स्थितिमा पुग्यो। त्यसपछि खेलको अन्तिम समयमा ओल्मोले गोल गर्दै स्पेनलाई संघर्षपूर्ण जित दिलाए।

यसैगरी अर्को खेलमा जर्मनीले इजरायलमाथि २–०को सहज जित निकाल्यो । शनिबार राति भएको खेलमा जर्मनीलाई जिताउन काइ हार्भट्ज र टिमो वेर्नेरले गोल गरे।

२६ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई सुरूआती अग्रता दिलाए। इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इजरायलले गोल गर्ने केही राम्रो मौका गुमाउँदा खेलमा फर्कन सकेन। इन्जुरी समयमा पाएको पेनाल्टीको मौकालाई कोहेनले खेर फाले। त्यसअघि खेलको ८९ औं मिनेटमा जर्मनीका थोमस मुलरले पनि पेनाल्टीमा गोल गर्न नसक्दा अग्रता बढाउने मौका गुमाएको थियो।

स्वीट्जरल्याण्डमाथि इंग्ल्याण्डले रोमाञ्चक जित निकालेको छ। मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलअन्तर्गत गएराति घरेलु मैदान वेम्बली स्टेडियममा १ गोलले पछि परेको अवस्था उल्टाउँदै इङ्ल्याण्डले २–१ को रोमाञ्चक जित निकालेको हो।

खेलको २२ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै पाहुना टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। इन्जुरी समयमा लुक शले गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।

अत्यन्तै रोमाञ्चक भएको दोस्रो हाफको ७८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलमा गोल हुन नसक्दा इङ्ल्याण्ड २–१ ले जित निकाल्न सफल रह्यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हृदयघातको ९ महिनापछि राष्ट्रिय टिममा एरिक्सनको पुनरामगन, नेदरल्यान्ड्सविरुद्ध गरे गोल
Next post थाइल्यान्डको चोनबुरी क्लसँग भिड्दै नेपाली टिम
Close