आयोजक जापानलाई हराउँदै स्पेन फाइनलमा

स्पेन जापानमा जारी ओलम्पिकको पुरुष फुटबलको फाइनलमा पुगेको छ । मंगलबार साँझ भएको खेलमा आयोजक जापानमाथि १–०को निकाल्दै स्पेन फाइनलमा पुगेको हो।

स्पेनलाई जित दिलाउन ११५औं मिनेटमा मार्को असेन्सियोले निर्णायक गोल गरे । उनले मिकेल ओयासाबेलको पासमा गोल गरेका हुन्।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ३० मिनेट थप गरिएको थियो ।

खेलमा अधिकांश समय स्पेनले दबाब बनाएको थियो । तर, गोल गर्न भने उसले ११५ मिनेटसम्म कुर्नुपरेको थियो । खेलमा स्पेनका केही उत्कृष्ट प्रहार जापानका किपरले रोकेका थिए।

युरोकप खेलेका पेड्री, उनाइ सिमोन, पाओ टोरेस, ओयासाबेल, ड्यानी ओल्मो, इरिक गार्सिया समावेश स्पेनले अब स्वर्णका लागि डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामाना गर्ने छ।

Facebook Comments Box