युईएफए नेसन्स लिगः स्पेन हार्दा, रोकियो जर्मनी

युईएफए नेसन्स लिगमा दुई ठूला टिम स्पेन र जर्मनीले निराशाजनक प्रदर्शन गरेका छन्। नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–०ले पराजित हुँदा जर्मनी स्वीट्रल्यान्डसँग ३–३ गोलको बराबरीमा रोकियो ।

स्पेनविरुद्ध युक्रेटलाई जित दिलाउन भिक्टर टास्यान्कोभले निर्णायक गोल गरे । घरेलु मैदानमा ७६औं मिनेटमा टास्यान्कोभले गोल गर्दै स्पनेलाई स्तब्नध बनाउँदै जित दिलाए ।

खेलमा युक्रेनलाई अधिकाशं समय दबाब राखेपनि स्पेनले गोल गर्न सकेन । उसका केही निश्चित गोलका प्रहार युक्रेनका किपरले बचाएका थिए । २ वर्षपछि स्पेनले पहिलो हारको सामना गरेको हो । सन् २०१८को नोभेम्बरमा स्पेनसँग ३–२ले पराजित भएयता स्पेन अपराजित थियो ।

यसैगरी जर्मनी स्वीट्जरल्यान्डसँग निराशाजनक रुपमा ३–३को बराबरीमा सकिएको छ । दुई पल्टपछि परेको अवस्था उल्टाउँदै जर्मनीले स्वीट्रल्यान्डसँग घरेलु मैदानमा बराबरी खेलेको हो ।

खेलमा जर्मनीका लािग टिमो वार्नर, काइ हाभर्ट्ज र सर्गी गनाब्रीले गोल गरेका थिए भने स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिचले २ गोल गरे भने रोमियो फ्रेउलेरले १ गोल गरे ।

खेलको ५औं मिनेटमै गाभ्रानोभिचले गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाए । २६औं मिनेटमा फ्रेउलेरले गोल गर्दै स्वीट्जरल्यान्डको अग्रता दोब्बर बनाए । २८औं मिनेटमा टिमो वार्नरले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए ।

पहिलो हाफ २–१ मै सकियो । ५५औं मिनेटमा हाभटर््जले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । १ मिनेटपछि नै गाभ्रनोभिचले गोल गर्दै पुनः स्वीट्जरल्यान्डलाई अग्रता दिलाए । ६०औं मिनेटमा गनाब्रीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

नेसन्स लिगको लिग एको समूह ४मा २ जित र २ बराबरी खेलेको स्पेन शीर्ष स्थानमा छ । समान ६ अंक जोडेका जर्मनी र युक्रेन दोस्रो र तेस्रो स्थानमा छन् । स्वीट्जरल्यान्ड भने २ अंकसहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP