क्वार्टरफाइनल प्रवेशका लागि स्पेन र क्रोएसिया भिड्दै

जारी युरोकपका अन्तिम १६को पाँचौं खेलमा आज राति स्पेन र क्रोएसिया भिड्दै छन् । समूह चरणमा उपविजेता हुँदै नकआउट चरण पुगेका यी दुई टिमबीचको खेल डेनमार्कको कोपनहेगना राति ९ः४५ बजे सुरु हुनेछ।

समूह चरणका सुरुआती दुई खेलमा ठीकठाकमात्र प्रदर्शन गरेका दुवै टिमले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तम १६मा स्थान पक्का गरेका हुन्। समूहमा दोस्रो बनेका यी टिमले अन्तिम खेलमा मात्र जित निकालेका थिए।

सन् २०१८को रुस विश्वकपको फाइलनसम्म पुगेको क्रोएसियाको युरोकपमा प्रदर्शन खास छैन । छैठौं पटक युरोकप खेलिरहेको क्रोएसियाको सन् २००८मा क्वार्टरफानल पुग्नु नै उत्कृष्ट प्रर्दशन हो । यता, स्पेपन पनि तीन पटकको युरो च्याम्पियन्स हो । उसले सन् २००८ र १२मा लगतार दुई युरोकप जितेको थियो।

तर, पछिल्ला प्रदर्शन हेर्ने हो भने दुवै टिम समान स्थारका छन् । स्पनेले समूह डीमा क्राऐसियाले ४ अंक मात्र जोड्न सकेको थियो । उनले १ जित, १ हार र १ बराबरी खेलेको थियो । यता समूह ईमा स्पेनले पनि ५ अंक मात्र जोड्न सक्यो उसले २ बराबरी र १ जित निकालेको थियो ।

क्रोएसिया स्पेन अलिहेसम्म ८ पटक मात्र आपसमा भिडेका छन्। जसमा स्पनेले ४ खेल जित्दा क्रोएसियाले ३ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। पछिल्लो पटक यी दुई टिम सन् २०१८को सेप्टेम्बर र नोभेम्बरमा भिडेका थियो । युईएफए नेसन्स लिगअन्तर्गत भएको पहिलो खेलमा स्पेन ६–०ले विजयी भएको थियो भने दोस्रो खेलमा क्रोएसिया ३–२ ले विजयी भएको थियो।

कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा यी दुई टिम भिड्न लगोको पहलिो पटक हो । यसअघि सन् २०१२ र सन् २०१६मा स्पेन र क्रोएसिया समूह चरणमै भिडेका थिए।

लुका मोड्रिचको नेतृत्वमा रहेको क्रोएसियालाई स्पेनविरुद्धको खेलमा इभान पेरेसिचको अवभाव खड्कने छ। कोरोना संक्रमण देखिएपछि उनले स्पनेविरुद्धको खेल गुमाएका हुन्। राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको स्पेनमा अहिले स्टार खेलाडी छैनन् । त्यसैले स्पेनिस टिम कुनै एक खेलाडीको भरमा छैन।

Facebook Comments Box